अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२५ | Colorodo: 00:40

पहिरो खसेर पृथ्वीराजमार्ग अवरूद्ध

बिआरटीनेपाल २०७८ असोज ५ गते २०:०१ मा प्रकाशित

चितवनस्थित इच्छाकामना गाउँपालिका–४ को नाग्दी खोला नजिकै पहिरो खस्दा पृथ्वीराजमार्ग अवरूद्ध भएको छ। मंगलबार राति करिब ११ बजेतिर पहिरो खसेको थियो।

पहिरो खसेर सडक अवरूद्ध हुँदा सवारी साधन गन्तव्यमा जान पाएका छैनन्। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो हटाउने काम भइरहेको छ।

वर्षापछि यहाँ पहिरो खसेको हो। राति पहिरो खस्ने क्रम नरोकिएकोले आज बिहानदेखि मात्रै पहिरो हटाउन शुरू गरिएको छ। केही समयमा पहिरो हटाएपछि दुबैतर्फ सडक सुचारू हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू