अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५१ | Colorodo: 02:06

अमेरिका र चीनलाई वार्ताका लागि संयुक्त राष्ट्रसंघको आग्रह

बिआरटीनेपाल २०७८ असोज ५ गते १९:५८ मा प्रकाशित

संयुक्त राष्ट्रसंघ (यूएन)ले अमेरिका र चीनलाई वार्ताका लागि आग्रह गरेको छ । पछिल्लो समय दुई देशबीच विवाद बढ्दै गएका बेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र चीनलाई वार्तामा संलग्न हुन आग्रह गर्नुभएको हो ।

उहाँले तिक्तता र अन्य यस्तै गतिविधिले विश्व विभाजित हुँदै जान सक्नेतर्फ पनि सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । महासचिव गुटेरेसले अहिले देखिएको विवाद प्रारम्भिक विन्दु रहेको भन्दै शीतयुद्धको तुलनामा यसबारेमा धेरै कम पूर्वानुमान गर्न सकिने बताउनुभएको छ । गुटेरेसले संयुक्त राष्ट्रसंघ महासभामा आपसी विश्वासलाई पुनस्र्थापित गरी आशालाई प्रेरित गर्न एकआसपमा सहयोगको आवश्यकता रहेको समेत उल्लेख गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौतालाई लिएर विवाद बढेको छ । त्रिदेशीय सम्झौताले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने भन्दै चीनले कडा विरोध गर्दै आएको छ । त्यस्तै सम्झौतामा आपत्ति जनाउँदै फ्रान्सले अस्ट्रेलिया र अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू