अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 00:04

सभामुख सापकोटा माओवादीको इशारामा चले – गोकुल बास्कोटा

बिआरटीनेपाल २०७८ असोज ५ गते ७:२७ मा प्रकाशित

नेकपा एमालेका नेता गोकुल बास्कोटाले सभामुख अग्निप्रसाद सापकोटा नेकपा माओवादी केन्द्रको इशारामा चलेको आरोप लगाउनुभएको छ ।मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा उहाँले सभामुख सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इशारामा चलेको आरोप लगाउनुभयो ।

उहाँले अध्यक्ष प्रचण्डले भनेकै कारण एमालेले गरेको १४ सांसदको कारबाहीलाई मान्यता नदिएको गुनासो गर्नुभयो । सभामुख सापकोटा आफ्नो मर्यादामा नबसेका कारण आफूहरुले संसदअवरुद्ध गरेको बास्कोटाको तर्क छ । उहाँले सभामुख सापकोटाले आफ्नो निर्णय सच्याउनुपर्ने नभए पद छाड्नुपर्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू