अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२९ | Colorodo: 12:44

एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा अध्यक्ष नेपालद्वारा राजनीतिक प्रतिवेदन पेश

बिआरटीनेपाल २०७८ असोज ५ गते ७:२२ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । मंगलबार सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो । बैठकमा अध्यक्ष नेपालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँचवटा समुह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

त्यस्तै आजको बैठकमा थपिएका केन्द्रीय कमिटी सदस्यहरूलाई सपथ गराइएको पनि उहाँले जानकारी दिनुभयो । पार्टीको बैठक बुधबार पनि बस्ने खतिवडाले जानकारी दिनुभयो । बुधबारको बैठकले समसामयिक प्रस्ताव पारित गर्ने, कार्यविभाजन गर्ने उहाँको भनाइ छ । आवधिक कार्ययोजना बनाइ तीन महिने अभियान चलाएर देशभर पार्टी सुदृढिकरण र पार्टीलाई पुर्नजागृत गरिने योजना रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू