अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५७ | Colorodo: 09:12

पाकिस्तानमा दुई समूहबीच गोली हानाहान, ९ जनाको मृत्यु, २० जना घाइते

बिआरटीनेपाल २०७८ असोज ४ गते २२:२२ मा प्रकाशित

पाकिस्तानको एक अदालत परिसरमा दुई समूहबीचको गोली हानाहान हुादा ९ जनाको मृत्यु भएको छ ।पाकिस्तानको उत्तर पश्चिम स्थित दीर जिल्लामा रहेको एक जनजाती अदालतमा भएको घटनामा २० जना घाइते भएका छन् ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । जग्गाको बिषयमा भएको बिबाद समाधानका लागि अदालत पुगेका दुबै समुहबीच गोली हानाहान भएको बुझिएको छ ।

घटनामा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाकिस्तानमा बर्षेनी जग्गा बिबादका कारण हुने झडपमा कयौंको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू