अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३२ | Colorodo: 21:47

आगामी नोभेम्बरदेखि अमेरिकाले यात्रा प्रतिबन्ध हटाउने

बिआरटीनेपाल २०७८ असोज ४ गते २२:१५ मा प्रकाशित

अमेरिकाले कोरोना महामारीकाबीच लगाइएको यात्रा प्रतिबन्धलाई आगामी नोभेम्बरदेखि फुकुवा गर्ने योजना अघि सारेको छ ।ह्वाइट हाउसका कोभिड– १९ संयोजक जेफ जियन्ट्सले नयाँ नियम घोषणा गर्दै कोरोना महामारी नियन्त्रणमा देश भन्दा व्यक्ति नै सतर्क रहनु पर्ने भन्दै यात्रा प्रतिबन्ध फुकुवा गर्न लागेको जानकारी दिएका छन् ।

अमेरिकाले बेलायत, युरोपियन युनिएन र अन्य केही राष्ट्रहरुमाथि गत बर्षदेखि यात्रा प्रतिबन्ध लगाएको थियो । कोरोना बिरुद्धको पुर्ण खोप लगाएको र कोरोना परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका यात्रुहरुलाई अमेरिका प्रवेश गर्न दिइने भएको छ । अमेरिकाले शुरुमा चिनियाँ यात्रुमाथि लगाएको प्रतिबन्ध बिस्तारै बेलायत हुँदै अन्य राष्ट्रहरुमा पनि लागु गरेको थियो । १८ बर्ष मुनिका खोप नलगाएकाहरुको हकमा भने केही निर्णय गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू