अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 23:35

कोरोना महामारीले रोकिएको अन्नपूर्ण बेसक्याम्प आजदेखि खुल्यो

बिआरटीनेपाल २०७८ असोज ४ गते २२:१२ मा प्रकाशित

कोरोना संक्रमणका कारण लामो समयदेखि ठप्प रहेको अन्नपूर्ण बेसक्याम्प आजदेखि खुलेको छ । कोरोना संक्रमणको दर कम हुँदै गएपछि अन्नपूर्ण क्षेत्रका सबै होटल पनि पूर्ण रुपमा खुलेका छन् ।

बेसक्याम्प सञ्चालन हुने भएसँगै होटल व्यबसायिहरुले कामदारलाई फिर्ता बोलाएका छन् । हाल छोमरोङदेखि अन्नपूर्ण बेसक्याम्प सम्म ६२ वटा होटल छन् । तत्काल बाह्य पर्यटक नआएपनि आन्तरीक पर्यटक आउने व्यवसायिहरुको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू