अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज हङकङसँग खेल्दै

बिआरटीनेपाल २०७८ असोज ४ गते २१:५९ मा प्रकाशित

एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ ।खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे उज्वेकिस्तानको जेएआर मैदानमा सुरु हुनेछ । एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । समूह ‘एफ’ मा रहेको नेपाल पहिलो खेलमा फिलिपिन्ससँग २–१ ले हारेको थियो ।

छनोटका लागि नेपालले आजको खेल जितेर मात्रै पुग्दैन । फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नुपर्नेछ । तीन वटै टोलीले बराबरी अङ्क बनाए नेपाल शीर्षस्थानमा रहन सक्छ । यसअघि नेपालले हङकङसँग दुई खेल खेलेकोमा दुवैमा हार बेहोरेको थियो ।

सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १–० र १९८९ मा भएको खेलमा ३–० ले हारेको थियो । चौध पटक एसियन कम खेलिसकेको हङकङ फिफा वरीयताको ७६ औं स्थानमा छ । नेपाल एक सय एक औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू