अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४७ | Colorodo: 02:02

भारतको पिथौरागढमा नेपाल–भारत सैन्य अभ्यास

बिआरटीनेपाल २०७८ असोज ४ गते ९:०५ मा प्रकाशित

नेपाल र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास सोमबारबाट सुरु भएको छ । भारतको पिथौरागढमा नेपाल र भारतबीच सैन्य अभ्यास सुरु भएको हो । सैन्य अभ्यास प्रतिआतंकवाद र जंगल वारफेयरमा केन्द्रीत छ । नेपाल र भारतीय सेनाबीच हुने संयुक्त सैन्य अभ्यासलाई ‘अभ्यास (एक्सरसाइज) सूर्य किरण’ को नाम दिइएको छ । भारतको उत्तराखण्डको पिथौरागढमा सुरु एक्सरसाइज सूर्य किरणको यो १५ औं संस्करण हो । सैन्य अभ्यास कार्तिक १३ गतेसम्म चल्ने बताइएको छ ।

नेपाली सेनाको तर्फबाट प्रमुख सेनानीले नेपाली टोलीको नेतृत्व गरेको छ । नेपाली टोलीमा ३०० जनाको फौज छ । भारतीय सेनाको तर्फबाट ३ सय ५० जनाको फौज सैन्य अभ्यासमा सहभागी छ । नेपाली सेनाको टोली शनिबार पिथौरागढ पुगेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू