अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४७ | Colorodo: 02:02

जनकपुरमा विद्यार्थीसँग हिमानी शाह, विद्यार्थीले मागे सफल हुने टिप्स

बिआरटीनेपाल २०७८ असोज ४ गते ९:०४ मा प्रकाशित

पूर्व युवराज्ञी हिमानी शाहले जनकपुरका छात्राहरुलाई जीवनमा सफल हुने मन्त्र सिकाउनुभएको छ । सोमबार बिहान जनकपुरस्थित कन्या माध्यमिक विद्यालयमा पुग्नुभएका हिमानीसँग विद्यार्थीहरुले जीवनमा कसरी ठूलो र सफल मान्छे बन्नसकिन्छ भन्ने जिज्ञासा राखेका हुन् । कक्षा १० का विद्यार्थीसँगै बस्नुभएका शाहले शिक्षक र विद्यार्थीसँग भलाकुसारी गर्नुभएको थियो ।

त्यसक्रममा “म्याम, म पनि तपाईं जस्तै राम्रो मान्छे बन्न चाहन्छु। तपाईं जस्तै बन्न कुन विषय पढ्नुपर्छ ?” भन्ने विद्यार्थीको जिज्ञासामा हिमानीले “अहिले सबै विषयमा राम्रै छ। जुन विषय पढे पनि मिहिनेत गरेर पढ्नुस्। असल मान्छे बन्न सकिन्छ” भन्ने जवाफ दिनुभएको थियो ।

हिमानी ट्रस्ट मार्फत विद्यार्थीलाई सहयोग गर्न पूर्वयुवराज्ञी शाह जनकपुर पुग्नुभएको थियो । शुद्ध खानेपानीको अभाव भएकाले ट्रस्टले चार सय विद्यार्थीहरुलाई फिल्टर बोतल वितरण गरेको ट्रस्टका प्रतिनिधि उत्तम निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू