अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१७ | Colorodo: 02:32

१४ सांसदमाथि कारबाहीको माग गर्दै परेको रिटमाथि भोलि बहस हुने

बिआरटीनेपाल २०७८ असोज ४ गते ८:५६ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदमाथि कारबाही र माधव नेपाल नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै दायर गर्नुभएको रिटमाथिको बहस हेर्दाहेर्दैमा रोकिएको छ । सर्वोच्च अदालतले आज दुवै पक्षको बहस नसकिएपछि उक्त रिट हेर्दा हेर्दैमा राखेको हो । न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा बहस भएको हो ।

माधव नेपाल पक्षका कानुन व्यवसायीको बहस बाँकी छ भने ओली पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्न बाँकी छ । भोलि हुने बहसपछि सर्वोच्चले आदेश गर्न सक्नेछ । आज बहसका क्रममा ओली पक्षका कानुन व्यवसायीले अध्यादेश आउनु पहिले नै १४ सांसदलाई एमालेले कारबाही गरेकाले उनीहरु पदमुक्त हुनु पर्ने जिकिर गरेका छन् ।

तत्कालीन नेकपा एमाले सांसद रहेका माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्न एमालेले संसदमा सिफारिस गरेको थियो । तर, सभामुखले १३ दिन रोकेर त्यस पत्रमाथि केही गर्नु नपर्ने भन्दै कारबाहीको सूचना टाँस्नुभएको थिएन । यस्तै पार्टीले कारबाही गर्ने निर्णय गरे पनि तिनै सांसदको संख्यालाई आधार मानेर निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरिदिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू