अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

रूसको एक विश्वविद्यालयमा गोलाबारी हुँदा ८ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ असोज ४ गते ८:५३ मा प्रकाशित

रूसको परम सहरस्थित एक विश्वविद्यालयमा गोलाबारी हुँदा ८ जनाको मृत्यु भएको छ । घटनामा हालसम्म कति जना घाइते भएका छन् भन्ने यकिन हुन सकेको छैन । बीबीसीले लेखे अनुसार आक्रमण गर्नेहरू परम स्टेट यूनिभर्सिटीकै विद्यार्थीहरू रहेका छन् ।

आज बिहान ११ बजे एक हतियारधारी व्यक्ति विश्वविद्यालयमा प्रवेश गरेर गोलाबारी सुरु गरेका थिए । आक्रमणपछि विद्यार्थी र शिक्षकले आफूलाई सुरक्षित राख्नका लागि कक्षा कोठामा बन्द गरेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू