अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५० | Colorodo: 21:05

स्थायी कमिटी बैठक: एमाले अध्यक्ष ओलीद्वारा लिखित दस्तावेज सहितको प्रतिवेदन पेश

बिआरटीनेपाल २०७८ असोज ४ गते ८:४७ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा लिखित दस्तावेज सहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । आज बसेको बैठकमा उहाँल सर्वोच्च अदालतको पछिल्लो फैसला र इजलास गठन गर्ने प्रक्रियामा सेटिङ गर्ने अभ्यास स्थापित भएको भन्दै लिखित दस्तावेज पेस गर्नुुभएको हो । अदालतको फैसलापछि सत्ताबाट बाहिरिनुभएका ओलीले आगामी विधान महाधिवेशनमा पेस गर्ने दस्तावेजमा अदालतको विषयमा चार पृष्ठ लामो व्याख्या गर्नुभएको छ । ‘सर्वोच्चको फैसलाले कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक प्रणाली, संवैधानिक व्यवस्था र जनताको सर्वोच्चतामाथि चुनौती खडा गरेको छ’ उहाँको प्रतिवेदनमा भनिएको छ ।

ओलीले पुस ५ र जेठ ३ मा दुई पटक गरेको प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले रद्द गरेको थियो । दोस्रो पटक अदालतको फैसलापछि पदमुक्त हुनुभएका ओली अदालत प्रति आक्रामक हुँदै आउनुभएको छ । उहाँले निश्चित समूहहरुको स्वार्थ पूर्तिका लागि राजनीतिक फैसला र संविधानको अपव्याख्याको माध्यमबाट अप्रत्यक्ष रुपमा संविधानको संशोधन भएको पनि बताउनुभयो । वैशाख १५ देखि १७ गते ललितपुरको गोदावरीमा पहिलो विधान अधिवेशन हुँदैछ ।

सो सम्मेलनमा अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा हिजोबाट सुरु भएको स्थायी कमिटीको बैठकमा प्रतिवेदनमाथि छलफल भइरहेको छ । यसैगरी ओलीले एमाले विभाजनमा अदालत, निर्वाचन आयोग र सभामुखले भूमिका खेलेको भन्दै पार्टीले प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू