अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०९ | Colorodo: 11:24

राष्ट्रिय गौरवका आयोजनाको काममा ढिला हुनु लज्जास्पद – डा. भट्टराई

बिआरटीनेपाल २०७८ असोज ४ गते ८:४६ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताउनुभएको छ ।बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले सोमबार काठमाडौंको माइतीघरमा गरेको दबावमुलक धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउँदै जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले ७ वर्षभित्र बनिसक्नुपर्ने बुढीगण्डकी जलविद्युत आयोजनाको काम ८ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्नु लज्जास्पद भएको बताउनुभएको हो ।

उहाँले आफु प्रधानमन्त्री हुँदा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरि विकास समिति बनाएर मुआब्जा वितरणको प्रक्रिया शुरु गरे पनि विचौलियाका कारण काम नहुनु दुखद भएको बताउनुभयो । सरोकार समितिका संयोजक हरेराम ढकालले आयोजनाले डुबान क्षेत्रको व्यक्तिगत जग्गाको मुआब्जा मात्र दिएको तर जग्गामा बनेको घर, संरचनालगायतका सम्पत्तिको लेखाजोखा नै नगरेको भन्दै सच्याउन माग गर्नुभयो । उहाँले आफुहरुको माग सरकारले पुरा नगरे आगामी दिनमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू