अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३५ | Colorodo: 09:50

बुटवलका मेयर सुवेदीमाथि स्थानियद्धारा मुक्का प्रहार

बिआरटीनेपाल २०७८ असोज ४ गते ८:४५ मा प्रकाशित

रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन् ।बुटवल–३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदीमाथि स्थानीय युवाले मुक्का प्रहार गरेका हुन् ।

पहिरो गएको लामो समयसम्म पनि सरकारले विस्थापितलाई बेवास्ता गरेको भन्दै आक्रोशित बनेका स्थानीय युवाले पहिरो अवलोकनको लागि पुगेका सुवेदी माथि एक्कासी आक्रमण गरेका हुन् ।

गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झण्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने २५ भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । स्थानीयले एक महिनासम्म पनि स्थानीय सरकारले नहेरेको भन्दै आक्रोश पोखेपछि मेयर सुवेदी घटनास्थलबाट फर्कनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू