अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५७ | Colorodo: 11:12

प्रतिनिधि सभाबाट बजेट पारित, राष्ट्रिय सभाले पारित गरेपछि मात्रै सरकारले खर्च गर्न पाउने

बिआरटीनेपाल २०७८ असोज ४ गते ८:४२ मा प्रकाशित

सरकारले प्रस्तुत गरेको बजेट अर्थात् विनियोजन विधेयक संसदबाट पारित भएको छ । नेकपा एमालेका सांसदको नाराबाजी र अवरोधकै बीचमा अर्थ मन्त्री जनार्दन शर्माले भदौको २५ गते संसदमा प्रस्तुत गर्नुभएको विनियोजन विधेयकलाई आज सोमवार प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गर्नुभएको थियो ।

आज प्रतिपक्षी एमालेले विरोध गरे पनि सत्तापक्षका बहुमत सांसदले विधेयक पारित गरेका हुन् । विधेयक पारित नहुँदा गएको ३० गते रातिदेखि सरकार बजेट खर्च गर्न नपाउने अवस्थामा छ ।आज प्रतिनिधि सभाबाट पारित भएको बजेट अर्थात् विनियोजन विधेयक अब राष्ट्रिय सभाले पारित गर्नेछ । राष्ट्रपतिले प्रमाणित गरेपछि बल्ल सरकारले खर्च गर्न पाउनेछ । राष्ट्रिय सभाको बैठक भोलि मङ्गलवार बस्दैछ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट अस्वीकार गर्दै अर्थ मन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गर्नुभएको थियो । ओली सरकारले कार्यकर्तालाई बाँड्ने हिसाबले राखेका कार्यक्रम र अन्य विकृति हटाएर नयाँ र जनमुखी बजेट ल्याइएको अर्थ मन्त्री शर्माको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू