अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०५ | Colorodo: 06:20

आईसीसी विश्व कप क्रिकेट लिग–२ – ओमान १ सय २१ रनमा अलआउट, सन्दीप र करणको ४–४ विकेट

बिआरटीनेपाल २०७८ असोज ३ गते ७:५९ मा प्रकाशित

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई एक सय २१ रनमा अलआउट गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बनाउँदै अलआउट भएको हो । ओमानका लागि जेशान मक्सूदले सर्वाधिक ४१ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिँदा शरद भेषवाकरले दुई विकेट लिए । भेषवाकरले आजको खेलमा पहिलो एकदिवसीय विकेट लिएका हुन् । यस श्रंखलाअन्तरगत पछिल्ला दुई खेलमा नेपालले राम्रो प्रदर्शन गर्न सकेको छैन । नेपाल ओमानसँग पाँच विकेट र अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू