अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

गलत खानपानबाट हुन्छ हरेक ५ मिनेटमा एउटा मृत्यु, खानामा यसरी दिनुस् ध्यान

बिआरटीनेपाल २०७८ असोज ३ गते ०:३९ मा प्रकाशित

सहि डाइट जसले बच्चा बेलामा बढ्नका लागि मद्यत गर्छ त्यहि डाइट युवा अवस्थामा मोटोपना, हृदयरोग, डायबिटीज जस्तो रोगको कारण बन्न पुग्छ । तथ्यांकअनुसार अमेरिकामा २ देखि ९ वर्षका १९ प्रतिशत र त्यो भन्दा माथिका ४० प्रतिशत मानिस मोटोपनाको सिकार भएका छन् । यसले गर्दा टाइप २ डायबिटीज र क्यान्स जस्तो रोगको खतरा बढ्ने गर्छ ।

एक रिपोर्टका अनुसार १९९० देखि २०१७ को बीचमा १९५ देशमा गरिएको अध्ययनमा  दुनियाभरमा  हरेक पाँच मिनेटमा एउटा मानिसको मृत्यु गलत खानपानका कारण हुने रोगका कारण हुने गरेको उल्लेख छ ।

हामीलाई लाग्न सक्छ कस्तो खानपान सहि र कस्तो गलत हो भन्ने । विज्ञानका अनुसार खानामा सबैभन्दा राम्रो फलफुल र तरकारी हो । हामीले आफ्नो आधा भोक फालफुल र तरकारीले मेटायौँ भने मोटोपनाको समस्या कम भइ यसबाट लाग्ने रोगबाट समेत बच्न सक्छौँ ।

गलत खानपानबाट लाग्न सक्ने तीन रोगहरु:
हृदय रोग

यो रोग नुनको बढी प्रयोगका कारण पनि लाग्ने गर्छ । अस्वस्थ डाइटका कारण हुने हृदय रोग सोडियम वा नुनको अधिक मात्रामा हुने प्रयोग नै मुख्य हो । सोडियमको अधिक मात्राका कारण ब्लड प्रेशर बढ्छ । जसले हृदय रोग उत्पन्न गराउन मद्यत पुग्छ ।

डायबिटीज

चिनिजन्य खानेकुरा नै यो रोगको मुख्य कारण हो । खानेकुरा शरीरमा चिनिको रुपमा बदलिन्छ । यसको प्रयोग शरीरले शक्तिका लागि गर्छ । गुलीयो खानेकुरा शरीरमा चाँडै अवशोषित हुन्छ जसले गर्दा शरीरमा सुगरको स्तर तलमाथि हुन्छ । यसले सुगर रोग निम्त्याउँछ ।

क्यान्सर 
मोटोपनाले मानिसमा १२ प्रकारको क्यान्सर गराउन सक्छ । स्वस्थ शरीरका लागि माइक्रोन्यूटिएट्स अर्थात प्रोटिन, फ्याट र कार्बोहाइड्रेट्सको सहि सन्तुलन हुनु एकदमै जरुरी छ । एक रिपोर्टका अनुसार अधिक फ्याट र चिनिजन्य खानेकुराका कारण मोटोपना बढ्दै जान्छ । जसका कारण विभिन्न प्रकारका क्यान्सर हुने सम्भावना हुन्छ ।

स्वास्थ्य डाइटका लागि अपनाउनुस् यी कुरा
आफूले खाने खानामा ५० प्रतिशत फलफुल र तरकारी राख्ने गर्नुस् । यसले शरीरमा आवश्यक सबै भिटामिन, मिनरल्स, डायटरी फाइबर र न्यूट्रिएंट्स उपलब्धि गराउँछ । यसका साथै खानेकुराको २५ प्रतिशत कार्बोहाइड्रेट हुनुपर्छ । कार्बोहाइड्रेटले शरीरमा ग्लूकोज उपलब्ध गराउँछ जसले शरीरमा उर्जाको रुपमा काम गर्छ ।

खानेकुरालाई यसरी मिलाएर खान सकेमा मानिस मोटो नहुने र मोटोपना भएपनि घट्ने हुन्छ । शरीरमा आवश्यक सबै कुरा उपलब्ध हुने, शरीर तन्दुरुत पनि हुने र मोटो पनि नहुने यो विषेश उपाय हो । मोटोपना नहुने बित्तिकै हामी धेरै रोगबाट बच्न सक्छौँ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू