अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

बिआरटीनेपाल २०७८ असोज ३ गते ०:२४ मा प्रकाशित

क्रिष्टल प्यालेसलाई हराउँदै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।गएराति आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई ३–० ले विजयी गराउन सादियो माने, मोहोमद सालाह र नाबी किएटाले एक एक गोल गरे ।

यो गोलसँगै मानेले लिभरपुलको लागि आफ्नो सय गोल पुरा गरेका छन् । जितसँगै लिभरपुल ५ खेलबाट १३ अंक बटुल्दै तालिकाको शिर्ष स्थानमा उक्लियो ।समान खेलबाट १० अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहेको छ । गएरातीको खेलमा सिटीलाई साउथह्याम्पटनले गोलरहित बराबरीमा रोक्यो ।

प्रिमियर लिगका अन्य खेलहरुमा आर्सनलले बर्नलेलाई १–० ले हराउँदा एस्टन भिल्लाले एभर्टनमाथि ३–० को जित निकाल्यो । प्रिमियर लिगमा आज तिन खेल हुनेछन् । आज ब्राइटन र लेस्टर सिटी भिड्दा वेष्ट ह्याम युनाइटड र म्यान्चेस्टर युनाइटेड तथा टोटनह्याम हट्सपर र चेल्सी भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू