अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 00:54

यमनको हुथी समूहद्वारा ९ जनालाई मृत्युदण्ड, साउदीका राजकुमार र अमेरिकी पूर्व राष्ट्रपतिलाई मृत्युदण्डकाे सजायँ सुनाइयाे

बिआरटीनेपाल २०७८ असोज ३ गते ०:१६ मा प्रकाशित

यमनको हुथी समूहले आफ्ना सर्वोच्च नेताको हत्यामा संलग्न ९ जनालाई मृत्युदण्ड दिएको छ । तीन बर्ष पहिले हुथी ससूहका सर्वोच्च राजनीतिक परिषद्का प्रमुख सालेह अल–सामदको हत्या प्रकरणमा संलग्न ९ जनालाई मृत्यु दण्ड दिईएको हो ।राजधानी सानाको एक चोकमा गोली प्रहार गरी उनीहरुलाई मृत्युदण्ड दिइएको हो । हुथी समूहको एक अदालतले दोषी ठहर गरेका १६ जनामध्ये ९ जनालाई मृत्युदण्ड दिइएको हो ।

हुथी अदालतले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान र अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पसहित अन्य सात जनालाई पनि मुद्दा चलाएको थियो भने उनीहरूलाई पनि हुथी अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०१८ को अप्रिलमा यमनकोे पश्चिमी प्रान्त होडैडामा भएको हवाई हमलामा समादसहित अन्य ६ जनाको मृत्यु भएको थियो । साउदी अरबले उक्त हवाई हमला आफूले गरेको पुष्टि गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू