अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०७ | Colorodo: 00:22

भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन २ को बिजेता

बिआरटीनेपाल २०७८ असोज ३ गते ०:०४ मा प्रकाशित

कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जित्नुभएको छ । उपाधिसँगै उहाँले २५ लाख रुपैयाँ, ड्याट्शनको कार र अन्य धेरै गिफ्ट ह्याम्पर पनि जित्नुभएको छ । निर्णय दर्शकले दिएको भोटका आधारमा भएको हो। ताप्लेजुङका भरतमणि पौडेल यो सिजनका सबैभन्दा चर्चित पात्र बन्नुभयो। नेता तथा कलाकारको क्यारिकेचर गर्ने पौडेल उत्कृष्ट ३ पुग्ने कार्यक्रममा पूर्व युवराज पारस शाहको पात्र निर्वाह गरेर सर्वत्र चर्चामा आउनुभएको थियो । उहाँलाई समसामयिक विषयमा गर्ने हाँस्य व्यंग्य कलाकारको रुपमा चिनिन्छ।

यस्तै सिक्किमका बिक्की अग्रवाल कमेडी च्याम्पियन सिजन २ को दोस्रो बिजेता बन्नुभएको छ । उहाँले टिभीएसको मोटरसाइकल जित्न सफ हुनुभयो । अग्रवालले हाँस्यव्यंग्यको क्षेत्रमा नयाँनयाँ प्रयोग गर्नुभएको छ । क्यारिकेचर मात्रै नगरी नयाँनयाँ विधाको प्रयोग गर्ने अग्रवाल पछिल्लो समय उत्कृष्ट ३ को प्रतिस्पर्धामा पेन्डोमाइम गरेर चर्चामा आउनुभएको सथयो । उहाँको कन्टेन्टमा तर्क हुने हाँस्य व्यंग्यका विज्ञ बताउँछन्।

यस्तै गोरखाका सन्तोष थापा यो कार्यक्रमको तेस्रो बिजेता बन्नुभएको छ । उहाँले स्कुटर र धेरै गिफ्ट ह्याम्पर जित्नुभयो । कान्तिपुर टेलिभिजनबाट प्रसारित यो कार्यक्रमको पहिलो सिजन हिमेश पन्तले जित्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू