अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४० | Colorodo: 01:55

संविधानको पूर्ण कार्यान्वयन गर्दै समृद्धिको लक्ष्य हासिल गरिने प्रधानमन्त्री देउवाको विश्वास

बिआरटीनेपाल २०७८ असोज ३ गते ०:०८ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयन र रक्षा गर्न सरकार प्रतिवद्ध रहेको दोहोर्‍याउनुभएको छ ।सातौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको माध्यमबाट सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

संवाद, सहमति र सहकार्यबाट अघि बढ्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य भएको उहाँको भनाइ थियो । प्रधानमन्त्री देउवाले विधिको शासन अवलम्बन गर्दै मुलुकमा दीगो शान्ति कायम गर्ने उल्लेख गर्दै भन्नुभयो, ‘समृद्धिको लक्ष्य हासिल गर्न संविधानको पूर्ण पालना र कार्यान्वयन अपरिहार्य छ ।’

आगामी चैतभित्र सबै नेपालीलाई निःशुल्क रूपमा कोरोनाविरुद्धको खोप लगाइने प्रतिवद्धता उहाँले जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू