अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०८ | Colorodo: 08:23

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक– शेखर कोईराला

बिआरटीनेपाल २०७८ असोज २ गते ८:०२ मा प्रकाशित

नेपाली कांग्रेस नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसकेको आरोप लगाउनुभएको छ । गृह जिल्ला मोरङ पुग्नुभएका सभापति कोइरालाले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिलेको सरकार अलोकतान्त्रिक भएको टिप्पणी गर्नुभएको हो । उहाँले संसद छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको समेत आरोप लगाउनुभयो ।

६४ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले समेत सरकार अलोकतान्त्रिक बाटोमा गएको पुष्टि गर्ने कोईरालाको भनाई छ । नेतृत्व परिवर्तनपछि मात्रै कांग्रेसले गति लिन सक्ने उहाको भनाई छ । संस्थापन इतर समूहबाट को बन्छ सभापतिको उमेदवार भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले सबै मिलेर छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।

सबै नेताहरूलाई समेटेर चाँडै साझा उम्मेदवार घोषणा गर्ने कोईरालाले बताउनुभयो । एमसीसी राष्ट्रिय सहमतिमा अगाडि बढ्नुपर्ने उहाको भनाई छ । निर्वाचनमा कांग्रेसको गठबन्धन कुनै दलसँग नहुने पनि उहाँले दावी गर्नुभयो । अव कम्तीमा एउटा प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने कोईरालाको दावी थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू