अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०७ | Colorodo: 15:22

श्रीलंकाका दुई खेलाडीले ईपीएल खेल्ने, विराटनगर र पोखरामा अनुबन्धित

बिआरटीनेपाल २०७८ असोज २ गते ८:०१ मा प्रकाशित

श्रीलंकाका दुई चर्चित क्रिकेटरले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।श्रीलंकाका दिलशान मुनावीरा र असेला गुणरत्नेलले ईपीएल खेल्ने भएका हुन् । मुनाविराले विराटनगर वारियर्सबाट खेल्दा गुणरत्नेले पोखरा राइनोजबाट खेल्ने छन् ।

विराटनगरले शनिबार दिलशानलाई चौथो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको जनाएको छ । ३२ वर्षीय दिलशानले श्रीलंकाका लागि १३ टी–२० अन्तर्राष्ट्रिय र २ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।विराटनगरले यसअघि जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजा, क्यानडाका रेयानखान पठान र वेस्ट इन्डिजका हेमराज चन्द्रपललाई अनुबन्ध गरेको थियो । गुणरत्नेले श्रीलंकाबाट ६ टेस्ट, ३१ ओडीआई र १२ टी–२०आई खेलेका छन् ।

यसअघि पोखराले विदेशी खेलाडीको रूपमा दक्षिण अफ्रिका ओपनर रिचर्ड लेभी र वेस्टइन्डिजका अलराउन्डर केस्रिक विलियम्सको नाम सार्वजनिक गरिसकेको थियो । ईपीएल असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । ईपीएल विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू