अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३५ | Colorodo: 12:50

एएफसी महिला एसियन कप–२०२२– नेपाल फिलिपिन्ससँग २–१ ले पराजित

बिआरटीनेपाल २०७८ असोज २ गते ७:५० मा प्रकाशित

एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ ।उज्वेकिस्तानको जेएआर मैदानमा आज शनिवार भएको खेलमा फिलिपिन्सले नेपाललाई दुई–एकले हराएको हो । नेपालले खेलको १० औँ मिनेटमा गोल गरेको भए पनि अग्रता जोगाउन सकेन ।

नेपालकी विमला चौधरीले गोल गरिन् । फिलिपिन्सले खेलको ९० औं र इन्जुरी समयमा गोल गर्न सफल भयो । फिलिपिन्सले पहिलो खेलमा ३ अङ्क जोडेको छ । छनोटअन्तर्गत नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ छन् । समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्षको फेब्रुअरीमा भारतमा हुने महिला एसियन कप खेल्न पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू