अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 16:04

चुनावपछि अहिलेको सत्ता गठबन्धनका दलहरु हराउछन्– अध्यक्ष ओली

बिआरटीनेपाल २०७८ असोज २ गते ७:४५ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावपछि अहिलेको सत्ता गठबन्धनका दलहरु हराउने टिप्पणी गर्नुभएको छ । आज एमाले निकट कर्मचारी संगठनको कार्यक्रममा उहाँले अबको १४ महिनामा सत्ता गठबन्धनमा रहेका दलहरु हराउने बताउनुभएको हो ।

आफूले चुनाव गराउन खोज्दा सत्ता गठबन्धनमा रहेका दलहरुले प्रतिगमन हुने भयो भन्दै विरोध गरेको भन्दै ओलीले अब १४ महिनापछि अनिवार्य चुनाव गराउनैपर्ने धारणा राख्नुभयो । अध्यक्ष ओलीले आफ्नो सरकार हुँदा प्रतिपक्षी नेताहरूले कर्मचारीहरूलाई असहयोग गर्न निर्देशन दिएको आरोप समेत लगाउनुभयो ।

त्यसरी निर्देशन दिएकोमा आफूलाई आश्चर्य लागेको समेत उहाँले बताउनुभयो । उहाँले देशमा जुनसुकै सरकार आए पनि कर्मचारीहरुले काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू