अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१८ | Colorodo: 18:33

प्रतिनिधिसभाको कार्यसम्पादनबाट आफु सन्तुष्ट नरहेको सभामुख सापकोटाको भनाइ

बिआरटीनेपाल २०७८ असोज २ गते ७:४४ मा प्रकाशित

सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसम्पादनबाट आफू सन्तुष्ट हुन नसकेको बताउनुभएको छ । आज राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको कार्यक्रममा उहाँले संसदको कार्य सम्पादनमा सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको बताउनुभयो । सभामुख सापकोटाले संसद जति प्रभावकारी हुनुपर्ने थियो, त्यति प्रभावकारी हुन नसकेको स्वीकार गर्नुभयो ।

कार्यसम्पादनमा कति चुस्त कति वैज्ञानिक सुधार गर्नुपर्ने छ , इमानका साथ आफु त्यसमा केन्द्रित हुने उहाँको भनाइ थियो । आफू सभामुख भएको दुई वर्षको अवधिमा दलहरूमा आन्तरिक लोकतन्त्र कमजोर भएको आफुले देखेको उहाँको भनाइ थियो । सभामुख सापकोटाले लोकतन्त्र भनेको अरुलाई उपदेश दिने विषय नभई आत्मसात गर्ने र व्यवहारमा प्रयोग गर्ने विषय भएको पनि बताउनुभयो ।

यस्तै कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधान कार्यान्वयनका लागि जनताले अनुभूत गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । त्यसमा सांसदहरू बढी जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले कानुन नबन्दा कतिपय मौलिक हक कार्यान्वयन हुन नसकेको पनि उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू