अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४८ | Colorodo: 05:03

भारतमा एकैदिन ३४ हजार बढीमा कोरोना संक्रमण, ३२० को मृत्यु

बिआरटीनेपाल २०७८ असोज १ गते ७:४८ मा प्रकाशित

गत २४ घण्टामा भारतमा ३४ हजार ४०३ जनामा कोरोना संक्रमण भएको छ । यसैसँगै भारतमा ३ करोड ३३ लाख ८१ हजार ७२८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी उद्रित गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पछिल्लो एकदिनमा कोरोना सङ्क्रमणका कारण भारतमा ३२० व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।कोरोना शुरु भएदेखि हालसम्म यहाँ कोरोना सङ्क्रमणबाट चार लाख ४४ हजार २४८ जनाको मृत्यु भएको शुक्रबार जनाइएको छ ।

हालका दिनहरुमा कोरोना सङ्क्रमण र मृत्यु भएका व्यक्ति प्रायः भारतको दक्षिणी राज्य केरलाको रहेको समाचारमा उल्लेख गरिएको छ । हाल भारतमा तीन लाख ३९ हजार ५६ जना सक्रिय सङ्क्रमित रहेका जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू