अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४१ | Colorodo: 20:56

पाकिस्तानसँगको एक दिवसीय क्रिकेट न्यूजिल्याण्डले नखेल्ने

बिआरटीनेपाल २०७८ असोज १ गते ७:४४ मा प्रकाशित

न्यूजिल्याण्डले पाकिस्तानसँगको एक दिवसीय क्रिकेट नखेल्ने भएको छ । न्यूजिल्याण्डले सुरक्षाको कारण देखाउँदै पाकिस्तान सँगको खेल रद्द गरेको हो । खेल रावलपिन्डी रंगशालामा आज हुने तय भएको थियो । न्यूजिल्याण्डले पाकिस्तान विरुद्ध पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको थियो ।

न्यूजिल्याण्डको टिम क्रिकेट खेल्न १८ वर्षपछि पाकिस्तान पुगेको हो । यहाँको खेलपछि टिम लाहोरमा पाँच टी २० सिरिज खेल्ने कार्यक्रम थियो । खेल रद्द भएसँगै न्यूजिल्याण्ड क्रिकेट टिम घर फर्कने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू