अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०५ | Colorodo: 08:20

चीनबाट थप ४४ लाख मात्रा कोरोना विरुद्धको खोप नेपाल आयो

बिआरटीनेपाल २०७८ असोज १ गते ७:४१ मा प्रकाशित

थप ४४ लाख मात्रा कोरोना विरुद्धको खोप लिएर नेपाल वायुसेवा निगमको जहाज आज काठमाडौँ आईपुगेको छ । निगमको जहाज गएराति ११ बजे बेइजिङ गएको र आज दिउँसो २ बजे काठमाडौँ आएको महाप्रबन्धक डीमप्रकाश पौडलले बताउनुभयो । यो खोप यही असोज ४ गतेदेखि लगाउने तयारी सरकारको छ ।

नेपालमा कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या भने १ करोड १५ लाख नाघेको छ । हाल सम्म नेपालमा ६० लाख ५७ हजार १ सय ९४ जनाले पहिलो मात्रा लगाएका छन् भने ५४ लाख ७३ हजार १ सय ५१ जनाले पूर्ण मात्र लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू