अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१९ | Colorodo: 16:34

भ्रमले एमालेमा रहेकाहरू ढिलो चाँडो एकिकृत समाजवादीमा पार्टीमा आउँछन् – अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७८ असोज १ गते ७:२९ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा रहेका मानिसहरू ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताउनुभएको छ ।शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरू अल्मल्लिएर एमालेमै बसेको भन्दै असल भावना भएकाहरू ढिलोचाँडो एकीकृत समाजवादीमा आउने बताउनुभयो ।

अध्यक्ष नेपालले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरू समाजवादीमा रुपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गर्नुभयो । पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उहाँले बताउनुभयो । अध्यक्ष नेपालले व्यवसायीहरूलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पु¥याउन पनि आग्रह गर्नुभयो । व्यवसायीहरूलाई जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा योगदान पुर्याउन उहाँको आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू