अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

नेपालकै ठूलो ‘रियालिटी डान्स च्याम्पियन शो’ कार्तिक ११ गतेबाट सुरु हुने

बिआरटीनेपाल २०७८ भदौ ३१ गते ७:३२ मा प्रकाशित

आउँदो कार्तिक ११ गते बिहीवारदेखि नेपालकै ठूलो ‘रियालिटी डान्स च्याम्पियन शो’ हुने भएको छ ।इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.लि.द्वारा कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.का लागि आगामी कार्तिक ११ गतेबाट ‘रियालिटी डान्स च्याम्पियन शो’ शुरु हुने भएको हो ।

उक्त मेगा शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ । कार्यक्रमको मार्केटिङ कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.ले गर्ने भएको छ । काठमाडौंको द एभरेष्ट होटलमा भएको पत्रकार सम्मेलनमा कि एडभर्टाइजिङ र कान्तिपुर टेलिभिजनब्ीच सम्झौता गर्दै कार्यक्रम शुभारम्भको घोषणा गरिएको हो ।

कार्यक्रममा कि एडभर्टाइजिङ सर्भिस प्रा.लिका अध्यक्ष रविन्द्रकुमार रिजालले यस मेगा शोमा १६ वर्ष भन्दामाथि र ४५ वर्ष भन्दा मुनिका प्रतिष्पर्धीलाई भाग लिन दिइने बताउनुभयो । उहाँले दशैँपछि रियालिटी शोे शुरु हुने पनि बताउनुभयो । उक्त मेगा शो प्रत्येक बिहीवार र शुक्रबार गरी हप्ताको दुई दिन बेलुकी ९ः०० बजे प्रशारण हुनेछ । डान्स च्याम्पियनका निर्णयकमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहनुभएको छ ।

त्यस्तै कार्यक्रम प्रश्तोताको रुपमा उमेश राई (फुलन्देकी आमा) रहनुभएको छ । ३२ भागको यो कार्यक्रम धनराशी २५ लाख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू