अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४३ | Colorodo: 00:58

कारोवार निर्देशिका सच्याउन सुनचाँदी व्यवसायीको आग्रह

बिआरटीनेपाल २०७८ भदौ ३१ गते ७:१९ मा प्रकाशित

नेपाल सुनचाँदी व्यवसायी महासंघले ‘बहुमुल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरुका लागि जारी निर्देशिका २०७७’ व्यवहारिक वनाउन सरकारसँग आग्रह गरेको छ ।निर्देशिकाका कतिपय वुँदाहरु व्यवहारिक नभएको भन्दै ब्यवहारिक वनाउन महासंघले आन्तरिक राजस्व विभागसँग आग्रह गरेको हो ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले निर्देशिकामा उल्लेख गरिएका मापदण्ड पुरागर्न साना ब्यवसायीहरुलाई अप्ठ्यारो परेको उल्लेख गर्दै त्यसलाई शंशोधन गर्न आग्रह गर्नुभयो ।अहिलेकै निर्देशिका कार्यान्वयन हुँदा ब्यवसायीलाई असहज हुने र साना ब्यवसायी पलायननै हुनु पर्ने अवस्था समेत आउन सक्ने उहाँको भनाई छ ।

विभागका निर्देशक वोलराज आचार्यले उक्त निर्देशिका ब्यवसायीलाई दुख दिने नियतले नभई सम्पत्ति शुद्धिकरण गर्न खोज्नेहरुका लागि लक्षित गरी जारी भएकोले ब्यवसायीलाई अप्ठ्यारो नहुने बताउनुभयो । विभागले गत बर्ष जारी गरेको निर्देशकामा सुनचाँदी लगायतका वहुमुल्य वस्तुको कारोबार गर्ने संस्थाले सूचकको रुपमा काम गर्नुपर्ने र होलसेल कारोबार गर्ने ब्यवसायीको बिवरण विभागमा पठाउनुपर्ने लगायतका विभिन्न बिषय उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू