अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

नेप्से ७६ अङ्कभन्दा धेरैले घट्यो, २ सय २९ मध्ये सात कम्पनीको शेयर मात्रै हरियो

बिआरटीनेपाल २०७८ भदौ ३१ गते ७:१७ मा प्रकाशित

लगातार तेस्रो दिन पनि शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से आज बिहीवार ७६ दशमलव ६५ अङ्कले घटेर दुई हजार आठ सय १२ दशमलव ३८ विन्दुमा झरेको छ । आज बैंक, होटल, व्यापार, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनसहित सबै समूहको शेयर घटेको छ । आज २ सय २९ वटा कम्पनीको शेयर कारोबार भएकोमा दुई सय २२ वटा कम्पनीको शेयर घटेको छ ।

आज कर्णाली विकास बैंकको शेयर झन्डै साढे ८ अङ्कले ओरालो लागेको छ । श्री इन्भेस्टमेन्ट फाइनान्स र आईसीएफसी फाइनान्सको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार ओरालो लाग्दा पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज १ करोड ६४ लाख ६८ हजार कित्ता शेयर ९ अर्ब ३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ३८ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया