अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

सरकारले बजार व्यवस्थित गर्न दिए पुष्प व्यवसाय छिट्टै लयमा फर्किने व्यवसायीको विश्वास

बिआरटीनेपाल २०७८ भदौ ३० गते ८:०१ मा प्रकाशित

सरकारले बजारलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न दिए पुष्प व्यवसाय सबैभन्दा छिटो लयमा फर्किने व्यवसायीहरूले बताएका छन् ।बुधबार ललितपुरमा आयोजित फ्लोरिकल्चर एसोसिएशन नेपाल (एफएएन) को २९औं वार्षिक साधारण सभामा पुष्प व्यसायीहरूले सरकारले व्यवस्थित तरिकाले व्यवसाय सञ्चालन गर्न दिनुपर्नेमा जोड दिएका हुन् ।

व्यवसायीहरूले कोरोनाभाइरसको कारण सबैभन्दा धेरै क्षति पुष्प क्षेत्रमा भएको र सरकारले पनि पुष्प व्यवसायीहरूका लागि कुनै नीति नियम नबनाएको बताएका छन् । पुष्प व्यवसायमा पनि सबैभन्दा धेरै क्षति कट फ्लावरको क्षेत्रमा भएको उनीहरूको भनाइ छ ।

सरकारले निषेधाज्ञा हटाएकोले विस्तारै पुष्प व्यवसायले गति लिइरहेको व्यवसायीहरूको धारणा छ । कोरोनाको दुई वर्षभित्र २५ प्रतिशत भन्दा धेरै श्रमिकले रोजगारी गुमाएको भन्दै व्यवसायीहरूले सरकारले पुष्प व्यवसायलाई कृषिको सूचिमा समावेश गर्न माग गरेका छन् । २०७५/०७६ मा साढे २ अर्बको टर्न ओभर गरिरहेको पुष्प व्यवसायले ०७७/०७८ मा आउँदा १ अर्ब ६३ करोडमा खुम्चिएको छ ।

व्यवसायीहरूले सरकारसँग राहत प्याकेजको कार्यक्रमको अपेक्षा राखे पनि सरकारले राहत प्याकेजका कार्यक्रम ल्याउन नसकेको बताएका छन् । सरकारले पुष्प व्यवसायीका लागि बीमा गरिदिने र नीति दरिलो बनाउनुपर्नेमा जोड दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू