अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१४ | Colorodo: 14:29

क्लब भलिबल च्याम्पियनसिप असोज १० बाट सुरु हुने

बिआरटीनेपाल २०७८ भदौ ३० गते ८:०१ मा प्रकाशित

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो सातादेखि हुने भएको छ ।नेपाल भलिबल संघले पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुने जनाएको हो । राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ६ टिमको सहभागिता रहने छ ।

संघले यो प्रतियोगिता छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको छनोट रहेको जनाएको छ । क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलातर्फ ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् । पुरस्कार राशीमासमेत वृद्धि गरिएको संघले जनाएको छ ।

विजेताले ४ लाख तथा उपविजेताले २ लाख रुपैयाँ पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार तथा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू