अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 06:48

च्याम्पियन्स लिग फुटबलमा आज ८ वटा खेल हुँदै

बिआरटीनेपाल २०७८ भदौ ३० गते ७:५७ मा प्रकाशित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज विभिन्न आठ खेलहरु हुँदैछन् । आज राति रियल मड्रिड, लिभरपुल, पेरिस सेन्ट जर्मेन (पीएसजी), म्यानचेस्टर सिटी, इन्टर मिलान, एट्लेटिको मड्रिड, बोरुसिया डर्टमण्ड लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् । रियलले आज राति इन्टर मिलानसँग उसैको मैदानमा खेल्नेछ । इन्टर र रियलबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

यस्तै लिभरपुलले इटालियन क्लब एसी मिलानसँग खेल्नेछ । लिभरपुलको मैदानमा हुने खेल राति १२ः४५ बजे सुरु हुनेछ । पीएसजीले क्लब ब्ररुगविरुद्ध उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लाइपजिगविरुद्ध खेल्नेछ ।

दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । यस्तै एट्लेटिको मड्रिडले पोर्टोविरुद्ध खेल्दा स्पोर्टिङ सिपिले आयाक्ससँग खेल्नेछ । डर्टमण्डले बेसिकाट्ससँग तथा डोनेक्ट्सले एफसी शेरिफविरुद्ध खेल्नेछ ।

 

प्रतिक्रिया