अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 23:48

भारतमा कोरोनाको नयाँ सङ्क्रमणदर उल्लेख्य घट्यो

बिआरटीनेपाल २०७८ भदौ २९ गते ७:४६ मा प्रकाशित

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेर झण्डै २५ हजारमा पुगेको छ । सरकारी अधिकारीहरुले आज बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना नयाँ सङ्क्रमित थपिएका हुन् । भारतमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको देखिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले हिजो बिहान सार्वजनिक गरेको विवरण अनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएका थिए । त्यसैगरी, अस्ति २८ हजार ५९१ जना र शनिबार ३३ हजार ३७६ जना सङ्क्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ३३९ जनाको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३७ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू