अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

यमनमा हुथी बिद्रोहीको आक्रमणपछि २ हप्ताको अवधिमा हजारौं नागरिक बिस्थापित

बिआरटीनेपाल २०७८ भदौ २९ गते ७:४५ मा प्रकाशित

यमनको मारिबमा हुथी बिद्रोहीको आक्रमणपछि २ हप्ताको अवधिमा हजारौं नागरिक बिस्थापित भएका छन् । हुथी बिद्रोहीले पटक,पटकको असफल प्रयास पछि यमनको रहबाह जिल्ला कब्जा गरिसकेका छन् । राजधानी सान्ना नजिकै रहेको सो स्थान कब्जामा लिएपछि नागरिकहरु त्रासमा रहेको छन् ।

हुथी बिद्रोहीले अब मारिब कब्जा गर्ने धम्की दिन थालेपछि नागरिकहरु बिस्थापित भएका हुन् । हुथी बिद्रोहीले सरकारको अन्तिम गढ मारिबमा नियन्त्रण हासिल गर्ने धम्की दिइरहेका छन् । जसका कारण त्यहाँका नागरिक थप त्रसित बनेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू