अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०२ | Colorodo: 10:17

इजरायलमा श्रमिक लैजान लिइएको भाषा परीक्षाको नतिजा प्रकाशित

बिआरटीनेपाल २०७८ भदौ २९ गते ७:४५ मा प्रकाशित

इजरायल जान इच्छुक नेपालीले दिएको अंग्रेजी भाषा परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । हिजो भएको परीक्षाको आज नै नतिजा आएको छ । ओएमआर प्रविधिबाट उत्तरपुस्तिका जाँच हुने भएकाले नतिजा छिटो आएको हो । परीक्षामा २ हजार ३९ जना उतिर्ण भएका छन् । त्यसमध्ये १३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष छन् ।

९ हजार ६९९ जनाले आवेदन दिएकोमा ७ हजार ९ जनाले परीक्षाका लागि प्रवेश पत्र बुझेका थिए । त्यसमध्ये परीक्षामा ६ हजार ३१७ जना परीक्षामा सहभागी भएका थिए भने ६९२ जना अनुपस्थित रहेका थिए । वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको थियो ।

अब भाषा परीक्षा पास भएकाहरुको अन्तरवार्ता लिइनेछ । अन्तरवार्तामार्फत इजरायल जान योग्य १ हजार ४ सय कामदार छनोट गरिनेछ । छनोट प्रक्रिया सकिएपछि ७०० महिला र ३०० पुरुष इजरायल रोजगारको लागि जान पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू