अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०६ | Colorodo: 11:21

एमसीसीमा विवाद गर्नु दुर्भाग्यपूर्ण – डा. भट्टराई

बिआरटीनेपाल २०७८ भदौ २९ गते ७:४४ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय सहमति जुटाएर एमसीसी पास गर्नुपर्ने बताउनुभएको छ । जनता समाजवादीले सिन्धुलीमाढीमा मंगलबार आयोजना गरेको कार्यक्रममा भट्टराईले एमसीसी सहयोगको विरोध हुनु दुर्भाग्यपूर्ण भएको टिप्प्णी गर्नुभयो ।

‘म नै प्रधानमन्त्री भएको बेलामा एमसीसी प्रक्रिया सुरु भएको थियो,’ उहाँले भने, ‘त्यसपछि बनेका सबै सरकारले यसलाई अगाडि बढाएका हुन् । अहिले आएर एमसीसीमा विवाद गर्नु बडो दुर्भाग्यपूर्ण भएको छ ।’ भट्टराईले प्रमुख दलहरुबीच छिटो राष्ट्रिय सहमति गरेर यो अनुदान सहयोग लिएर जाँदा नै नेपाललाई उपयुक्त हुन्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको उल्लेख गर्नुभयो ।

‘फेरि हामी कहाँ त जसले जे गरेपनि शंकैशंकाले लंका खान्छ भने जस्तो सबै थोकमा विरोध गर्ने चलन छ,’ उनले भने, ‘सुरुदेखि भएका सम्झौता यस्तै भएका छन् ।’ एमसीसीलाई लिएर यतिधेरै बहस र विवाद गर्नु आवश्यक नभएको चर्चा गदै नेता भट्टराईले भन्नुभयो ,’हाम्रो संविधान अनुसार यस्ता जुन अनुदान सहयोग हुन्छन्, त्यस निम्ती संसद्बाट अनुमोदन गर्ने आवश्यकता थिएन । तर यो ठूलो सहयोग भएकाले हाम्रैतर्फबाट संसद्बाट अनुमोदन भन्ने राखिएकाले राष्ट्रिय सहमति आवश्यक भएको हो ।’

अहिलेसम्म विदेशी सहयोग पूरै बन्द गर्ने भन्ने नेपालको कुनै नीति र संविधानको मर्ममा पनि नभएको उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू