अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०८ | Colorodo: 12:23

नर्वेमा वामपन्थी लेबर गठबन्धन भारी मतसहित विजयी

बिआरटीनेपाल २०७८ भदौ २९ गते ७:३४ मा प्रकाशित

उत्तर युरोपेली मुलुक नर्वेमा वामपन्थी झुकाव राख्ने विपक्षी लेबर पार्टीले आमनिर्वाचन भारी बहुमतसहित विजय हासिल गरेको छ ।जोनस गहर स्टोरले नेतृत्व गरेको लेबर पार्टीले सोमबार भएको आम चुनावमा सन् २०१३ देखि सत्तामा रहेको प्रधानमन्त्री एर्ना सोलबर्गको मध्यमार्गी गठबन्धनलाई पराजित गर्दै जीत निकालेको हो ।

मतगणना सम्पन्न हुने दिशातर्फ अघि बढ्दा लेबर नेतृत्वको वामपन्थी गठबन्धनले १६९ सदस्यीय संसद सीट मध्ये कम्तिमा १ सय सीट जित्ने निश्चित भएको हो ।नर्वेमा पछिल्लो समय बढ्दै गएको सामाजिक असमानता कारण जनताले वामपन्थी धारका पार्टीहरुको गठबन्धनलाई चुनेको विश्लेषण गरिएको छ ।

प्रधानमन्त्री सोलबर्गको कञ्जरभेटिब पार्टीले हार स्वीकार गरिसकेको छ । विपक्षी नेता स्टोरले भने जनतालाई धन्यवाद नयाँ दृष्टिकोणसहितको नयाँ सरकार गठन गर्ने बताएका छन् । युरोपको सवैभन्दा ठूलो तेल तथा ग्यास उत्पादक देश नर्वेमा जलवायु परिवर्तनको मुद्धा पछिल्लो समय चर्को रुपमा उठेको थियो ।

वातावरणवादीहरुले तेलमा आधारित अर्थतन्त्रबाट विस्तारै मुलुकलाई मोड्नु पर्ने लविङ गर्दै आईरहेका छन् । जसमा वामपन्थी धारका पार्टीहरुको पनि समर्थन रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू