अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३८ | Colorodo: 06:53

चीनमा एमबीबीएस पढेका विद्यार्थीले अझै पूरा गर्न पाएनन् इन्टर्नसीप, आयोगले आफ्नै निर्णय कार्यान्वयन नगरेकोमा आक्रोशित

बिआरटीनेपाल २०७८ भदौ २९ गते ७:३३ मा प्रकाशित

चिकित्सा शिक्षा आयोगको दुई महिनाअघिको निर्णय कार्यान्वयनमा नआएको भन्दै विद्यार्थीहरू पुनः आन्दोलित भएका छन् । आयोगले चीनमा एमबीबीएस अध्ययन गरी फर्केकाहरूलाई नेपालमा नै इन्टर्नसीप गर्न दिने निर्णय गरेको थियो । चीनमा बढ्दो कोरोना संक्रमणका कारण इर्न्टनसीप पूरा नगरी नेपाल फर्केका विद्यार्थीहरू इन्टर्नसीप गर्न नपाउँदा मारमा परेका छन् ।

गत असार २१ गते कोभिड–१९ का कारण विदेशमा चिकित्सा शिक्षा अध्ययन गरी इन्टर्नसीप पूरा गर्न नपाएका नेपाली विद्यार्थीले अनलाइन आवेदन दिन सक्ने भन्दै आयोगले सूचना निकालेपछि आवश्यक कागज सहित १ सय ९० जना विद्यार्थीले १५ सय रुपैयाँ दस्तुर तिरेर आवेदन दिएका थिए ।
अहिले आएर आवेदन दिएकामध्ये ४० जनाले मात्र इन्टर्नसीप गर्न पाउने बताएको छ । बाँकीले इन्टर्नसीप गर्न नपाउने कारणबारे आयोगले खुलाएको छैन । यही कारण विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन् । यसअघि कोभिड संक्रमणका कारण चीनले भिसा रोकेपछि नेपालमा नै इर्न्टनसीप गर्न पाउनुपर्ने माग राख्दै उनीहरूले आन्दोलन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू