अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५३ | Colorodo: 14:08

एमालेमाथि षड्यन्त्र गरिएकाले संसदमा अवरोध गर्नुपर्यो – अध्यक्ष ओली

बिआरटीनेपाल २०७८ भदौ २९ गते ७:२५ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरोध गरिएको बताउनुभएको छ ।नेकपा एमाले झापाले आज मङ्गलवार बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले एमालेमाथि षड्यन्त्र गरिएकाले प्रतिनिधि सभामा अवरोध गर्नु आफूहरूको बाध्यता भएको बताउनुभयो ।

आफ्नो नेतृत्वमा गठन भएको सरकारका पालामा देशले प्रगति गरेको, व्यापार घाटा घटाएको र निर्यात बढाएको उहाँको भनाइ थियो । आउँदो चुनावदेखि एमाले पुनः सत्तामा फर्किने अध्यक्ष ओलीले बताउनुभयो । अध्यक्ष ओली आजै पार्टी कार्यकर्तालाई सम्बोधन गर्न काठमाण्डौबाट त्यहाँ पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू