अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५५ | Colorodo: 12:10

सरकारले ८५ सहसचिवको सरुवा गर्यो

बिआरटीनेपाल २०७८ भदौ २९ गते ७:२४ मा प्रकाशित

सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गर्नुभएको हो । सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।

प्रदेश मन्त्रालयमा वरिष्ठ सहसचिवलाई पठाउने प्रचलन भए पनि चार जना वरिष्ठ सहसचिव भने प्रदेशमा पठाइएनन् । बलराम रिजाल, आभा श्रेष्ठ, नारायण सापकोटा र गोविन्द रिजालले भने प्रदेशमा जानुपरेन । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि जगेडामा राखिएका झक्कप्रसाद आचार्य र यमलाल भुसाल दुबै जना प्रदेश मन्त्रालयमा सरुवा भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू