अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४० | Colorodo: 01:55

बुढेसकालको जीवनमा आधारित ”जीवनको पाना” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७८ भदौ २९ गते १:११ मा प्रकाशित

मानिसको बुढेसकालको जीवनको परिकल्पनामा आधारित गीत जीवनको पाना को म्युजिक भिडियो सार्वजजिक भएको छ । काठमाण्डौंमा आयोजित एक कार्यक्रममा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । बम बहादुर श्रेष्ठको रचना, सन्तोष श्रेष्ठको संगीत र वरिष्ठ हास्यव्यंग्य कलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठको स्वर रहेको गीतको भिडियोमा चलचित्र अभिनेता सरोज खनालको अभिनय रहेको छ ।

म्युजिक भिडियोमा सरोज खनालकै फिल्मका दृश्यहरु समावेश गरिएको छ । जीवनभर कला र अभिनयका लागि समर्पित कलाकार र उसको योगदानलाई उसैको बुढेसकालमा गरिएको अवमूल्यनको कथाबस्तु म्युजिक भिडियोमा शसक्त र यथार्थपरकरुपले देखाईएको छ ।

अभिनेता खनालको एकल अभिनय रहेको ७ मिनेटको भिडियोमा वृद्धावस्थामा पुगेको एउटा कलाकारको विगत र वर्तमानलाई जीवन्तढंगले प्रस्तुत गरिएको आयोजित कार्यक्रमका सहभागीले जनाएका छन् । फिल्म निर्देशक नीर शाहले गीतको शब्द, संगीत, स्वर, भिडियो र अभिनय उच्चकोटीको रहेको प्रतिक्रिया दिनुभयो । उस्तै प्रतिक्रिया अभिनेत्री गौरी मल्ल, कलाकार मदनकृष्ण श्रेष्ठ र कलाकार खनालको रहेको थियो ।

केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोको निर्देशन राज केसीले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू