अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

अनेसास कोलोराडो शाखाद्वारा सल्लाहकार समितिको परामर्शमा विशेष परिषद्को गठन

बिआरटीनेपाल २०७८ भदौ २८ गते ८:०४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखा कार्यसमितिले कोलोराडो शाखाको विधान २०१२ (पहिलो संशोधन, २०१२) अनुसार सल्लाहकार समितिको परामर्शमा विशेष परिषद्को गठन गरेको छ । विशेष परिषदमा अनेसास ट्रस्टी सदस्यबाट दुई जना र अनेसास, कोलोराडो शाखाको पूर्व अध्यक्षहरूबाट तीन जना गरी जम्मा पाँच जना सदस्य रहने व्यवस्था छ । हाल गठन गरिएको विशेष परिषद्को सदस्यहरूमा अनेसास, बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्मा (ट्रस्टी सदस्य), कोलोराडोका समाजसेवी तथा व्यवसायी नारायण श्रेष्ठ (ट्रस्टी सदस्य), साहित्यकार प्रभा आचार्य (पूर्व अध्यक्ष), साहित्यकार भुपेन्द्र महत (पूर्व अध्यक्ष) र अनेसासका केन्द्रीय सदस्य तारा अधिकारी (पूर्व अध्यक्ष) रहनुभएको छ ।

विशेष परिषद् सदस्यहरूको पदावधि ३ वर्षको हुनेछ । शाखाको विधानमा स्वतन्त्र अगंको रूपमा रहने गरी व्याख्या गरिएको विशेष परिषद्लाई कार्यसमितिले नियमित रूपमा हुनुपर्ने निर्वाचन गराउन नसकेको अथवा कार्यसमितिका सदस्यहरूमाथि अविश्वास प्रस्ताव अगाडि बढाउनुपर्ने जस्ता विशेष परिस्थितिहरूमा हस्तक्षेपकारी विशेष अधिकार प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू