अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०३ | Colorodo: 17:18

एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगिताका लागि नेपाल आज उज्वेकिस्तान जाँदै

बिआरटीनेपाल २०७८ भदौ २८ गते ७:५० मा प्रकाशित

नेपाली राष्ट्रिय महिला फुटबल टिम आज उज्वेकिस्तानका लागि प्रस्थान गर्दैछ । एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगिताका लागि नेपाली टिम आज राति ११ बजे उज्वेकिस्तान जान लागेको हो । छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टिमको घोषणा गरिसक्नुभएको छ ।

छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एक खेल जित्दा एक खेल बराबरी गरेको थियो । जेएआर स्टेडियममा हुने छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।

नेपालले फिलिपिन्स सँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्स बीचको खेल असोज २ मा हुने छ । यस्तै नेपालले दोस्रो खेलमा हङकङसँग असोज ५ मा खेल्नेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेबु्रवरी ६ सम्म हुनेछ ।

प्रतिक्रिया