अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 17:11

राष्ट्र बैंकले यस वर्षको दसैँका लागि नयाँ नोट वितरण गर्ने

बिआरटीनेपाल २०७८ भदौ २८ गते ७:४९ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँका लागि नयाँ नोट असोज ४ गतेबाट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिनुभयो । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्ने उहाँले बताउनुभयो ।

धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको भन्दै उहाँले केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका जानकारी दिनुभयो । हरेक वर्ष दसैँमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन ।

यस वर्ष कोरोना सङ्क्रमण निकै घटेपछि नयाँ नोट वितरण गर्न लागेको हो । कार्यकारी निर्देशक नेपालका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू