अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०६ | Colorodo: 05:21

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

बिआरटीनेपाल २०७८ भदौ २४ गते २२:५३ मा प्रकाशित

तारूको बैठक सुरु भएको छ । संसद्‍बाट सीसी पास गर्ने विषय र एमसीसीकै उपाध्यक्ष फतिमा सुमारलगायतको नेपाल भ्रमणले राजनीति तातेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र संसद् सञ्चालनका विषयमा छलफल गर्न पाँचदलीय गठबन्धनको बैठक बोलाउनुभएको हो ।

केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभएको छ । बैठकमा कांग्रेसबाट सभापति एवम् प्रधानमन्त्री देउवा, महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुनुहुन्छ ।

बैठकमा सरकारका मन्त्रीहरूसमेत सहभागी छन् । गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू